‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन
![](https://www.tukhabar.com/wp-content/uploads/2023/05/Mukesh-Kayasth-kabhre-e1683779753152.jpg)
काभ्रे । दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बुधबार साँझ बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
२०६२ चैत्र २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।
बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेशको २०४८ साल भदौ ९ गते जन्म भएको थियो । दोस्रो जनआन्दोलनमा गोली लागेपछि उनलाई पक्षघात भएको थियो ।
सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक जना नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।