थप ३० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
सो अवधिमा १ हजार ६३० नमुनामध्ये ८२० जनाको पीसीआर परीक्षण गर्दा १० जना र ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, कोरोनाको सक्रिय संक्रमितको संख्या १२० पुगेको छ भने संस्थागत आईशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।
बिहीबार १३१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।