आफैँमाथि आगो लगाएकी महिलाको मृत्यु

तु खबर संवाददाता
२०८० बैशाख २९,शुक्रबार १०:००

विराटनगर । मोरङमा घरायसी झगडामा आफ्नै शरीरमा आगो लगाएकी एक महिलाको मृत्यु भएको छ । आफ्नो शरीरमा मट्टितेल खनाएकी ४० वर्षीय आशा शर्माको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बुधबार राति ९ विराटनगर महानगरपालिका–१० तीनटोलियामा पति राजकुमार कोइरीसँग विवाद गरेकी शर्माले आफ्नो शरीरमा मट्टितेल खनाएर आगो लगाएकी थिइन् । आफ्नै शरीरमा आगो लगाएकी शर्माको उपचारका क्रममा मृत्यु भएको हो ।

सो आगलागीपछि उपचारका लागि कोशी अस्पताल, विराटनगरमा ल्याइएको थियो । तर, हिजो साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो प्रकरणमा पति राजकुमारलाई नियन्त्रणमा लिई घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।