हेटौंडा मेयर कप फुटबल जेठ १५ देखि हुने

तु खबर संवाददाता
२०८० बैशाख ३१,आईतवार ०९:०१
file-photo

मकवानपुर । हेटौंडा मेयर कप फुटबल प्रतियोगिता आगामी जेठ १५ गतेदेखि सुरु हुने भएको छ । नगर खेलकुद विकास समितिले व्यवस्थापन गर्ने उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५, पिप्लेस्थित रंगशालमा हुने भएको हो ।

प्रतियोगितामा सहभागी हुन उपमहानगरभित्रका सबै वडालाई पत्र पठाइसकेको हेटौंडा उपमहानगरपालिका युवा तथा खेलकुद शाखाका प्रमुख बसन्त सिटौलाले जानकारी दिए ।

उनका अनुसार, प्रतियोगितामा सहभागी जनाउन जेठ १३ गतेसम्म टिम दर्ता गर्न भनिएको छ । नकआउट चरणमा हुने प्रतियोगिताको फाइनल खेल भने जेठ २० गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख ५० रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी, सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई ५०–५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीलाई ५–५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।