माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला
![](https://www.tukhabar.com/wp-content/uploads/2021/12/kshikshya-sewa-ayog.jpg)
काठमाडौं । माध्यामि अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले यही बैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ ।
योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।
अनलाइन फाराम https://license.tsc.gov.np मार्फत पेस गर्न सकिनेछ । अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवम् पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।