हेटौंडा जेसिजको आयोजनामा रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०८० बैशाख ३१,आईतवार १८:५९

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आईतबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । हेटौंडा जेसिजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज दोस्रो दिन हेटौंडाको हुप्राचौरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा २९ जनाले रक्तदान गरेका थिए । कार्यक्रम हेटौंडा जेसिजका अध्यक्ष श्रवणकुमार बर्तौलाको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यतामा भएको हो ।

उक्त कार्यक्रममा हेटौंडा जेसिजका पूर्व अध्यक्षहरु क्रमशः पुस्ककुमार रिजाल, राजदेव बानियाँ र काव्यमणि अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

शनिबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर जेठ १ गते जेसिज वक्तित्वकला प्रतियोगिता, जेठ २ गते मकवानपुर बहुमुखी क्याम्पसमा सामान्य ज्ञान प्रतियोगिता, जेठ ३ गते मुख्य बजार क्षेत्रमा ‘स्लो बाइक’ प्रतियोगिता, जेठ ४ गते हेटौंडा– १५ चिप्लेटीस्थित सामुदायिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

जेठ ५ गते समापन समारोह आयोजना गरी विभिन्न प्रतियोगितामा विजयी भएकाहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।