आजबाट दुई वटा मोबाईल ल्याउन पाउने

काठमाडौं । विदेशबाट फर्केका नेपालीले आजदेखि २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन् । दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजबाट लागू गरेपछि दुई वटासम्म मोबाईल नेपाल ल्याउन पाइने भएको हो ।
‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले थप १ थान मोबाइलसमेत ल्याएमा कुनै महसुल नलाग्ने गरी बैशाख २६ गतेको मन्त्रिपरिषद्बाट निर्णय भएको छ,’ भन्सार विभागले जारी गरेको सुचनामा भनिएको छ ।
तर, यो सुविधा वैदेशिक रोजगारीबाट फर्केकाले मात्र पाउने विभागको भनाइ छ । निजी प्रयोगका मालवस्तु सम्बन्धि आदेश २०७७ को पुरानो व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने गरी नयाँ व्यवस्था गरेपछि यो सुविधा अब प्रत्येक नेपालीले पाउन लागेका हुन् ।
यसरी ल्याइएको मोबाइल दर्ताका लागि विदेशबाट फर्किदा राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।