अस्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्समार्फत प्रधानमन्त्री प्रचण्डले नेपाल भ्रमणको निम्तो दिएका हुन् । नेपाल भ्रमणमा रहेका सहायक विदेश मन्त्री टिम वाट्स बुधवार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।
सो क्रममा द्विपक्षीबीच आपसी चासोका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयले जनाएको छ ।