सार्वजनिक सवारी साधनको भाडादर घट्यो

तु खबर संवाददाता
२०८० जेष्ठ ३,बुधबार १७:०५

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडादर घटाएको छ ।

विभागले बुधबार सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको हो । विभागका अनुसार, यात्रुबाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ ।

यस्तै, पहाडी बाटोमा संचालन हुने मालबाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारी साधनको भाडा ४.६५ प्रतिशतले घटेको छ ।