देशभर २४ जना कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०८० जेष्ठ ४,बिहीबार १६:०५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

सो अवधिमा १ हजार ८३९ नमुनामध्ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोनाको संक्रिय संक्रमितको संख्या ८८ पुगेको छ । हाल संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

बिहीबार मात्र १५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किइसकेका छन् ।