पत्रकारको न्यूनतम पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्न सिफारिस
![](https://www.tukhabar.com/wp-content/uploads/2023/05/patrakar-talab-bridi-e1684669032334.jpg)
काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक वृद्धि गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
आइतबार सिंहदरबारमा समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई प्रतिवेदन बुझाउँदै श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ४० प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको हो ।
त्यस्तै, सञ्चार प्रतिष्ठानमा कार्यरत जनशक्तिले सेवा सुविधा पाए नपाएको तथ्य पत्ता लगाउन प्रभावकारी अनुगमन गर्न आवश्यक बजेट र जनशक्तिको व्यवस्था हुनुपर्ने समितिले जनाएको छ ।
सेवा तथा सुविधा सम्बद्ध सञ्चार प्रतिष्ठानले कार्यान्वयनमा ल्याए नल्याएको अध्ययन गरि आवश्यक कारबाही गर्न समितिलाई थप अधिकार दिनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समितिको प्रतिवेदन बुझ्दै मन्त्री शर्माले समितिले सिफारिस गरेको न्यूनतम पारिश्रामिक लागू गर्न सरकार तयार रहेको बताइन् ।