वैशाख महिनामा भित्रियो ५०३ विद्युतीय सवारी

तु खबर संवाददाता
२०८० जेष्ठ ८,सोमबार १५:४१
file-photo

काठमाडौं । चालू आर्थिक वर्षको वैशाख महिनामा ५०३ वटा विद्युतीय सवारी भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा १०० किलोवाट क्षमताका ५०३ वटा विद्युतीय सवारी भित्रिएका हुन् ।

सो अवधिमा विदेशबाट १०० किलोवाटका २८ सय ८२ वटा विद्युतीय सवारी भित्रिएका छन् । चैत्र महिनासम्मको अवधिमा १०० किलोवाट क्षमताका २३ सय ७९ वटा विद्युतीय सवारी भित्रिएका थिए ।

वैशाख महिनासम्मको अवधिमा १०० किलोवाट क्षमताका विद्युतीय सवारीको आयातमा ८ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको छ । यसबापत १ अर्ब ९९ करोड रुपैयाँ भन्सार राजश्व उठेको छ ।