हेटौंडाका ६७ उद्योगसहित विद्युत् महशुल नतिर्ने ग्राहकहरु कालोसूचीमा

तु खबर संवाददाता
२०८० जेष्ठ ९,मंगलवार १७:३२
file photo

मकवानपुर । नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रले पटक–पटक विद्युत् महशुल बुझाउनका लागि ताकेता गर्दासमेत अटेर गरेकाले विद्युत् लाइन काटेर ग्राहकको विवरण सार्वजनिक गरेको छ ।

केन्द्रका अनुसार, कालोसूचीमा पर्नेमा ग्राहथ्यतर्फ ४६४, व्यापारिकतर्फ तीन, औद्यौगिकतर्फ ६७, सिँचाइतर्फ एक, गैरव्यापारिकतर्फ दुई, यातायाततर्फ तीन र खानेपानीतर्फ दुई ग्राहक रहेको केन्द्रका इञ्जिनियर सन्तोष चौहानले जानकारी दिए ।

कालोसूचीमा परेकाबाट केन्द्रले रु ९२ लाख ४७ हजार ८८८ असुल गर्नुपर्ने छ । केन्द्रले कालोसूचीमा पर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै आगामी असार मसान्तसम्म बक्यौता भुक्तानी गरे १० प्रतिशत छुट दिने समेत घोषणा गरेको छ ।