भोलि सार्वजनिक विदा
काठमाडौं । गृह मन्त्रालयले भोलि बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदाको घोषणा गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा विदा दिने निर्णय भएको जानकारी गराएको हो ।
जारी सूचनामा जात्राका अवसरमा उपत्यका तीन जिल्लाहरु क्रमशः काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा हुने उल्लेख गरिएको छ ।