वैदेशिक रोजगारीमा जाने नेपालीबाट ७५ करोडको ठगी
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीहरू ठगिने क्रममा दिनप्रतिदिन बढ्दै गइरहेको छ । चालु आर्थिक वर्ष १० महिनामा मात्र ७५ करोड भन्दा बढीको ठगी गरेको पाइएको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गैर कानूनी रूपमा बिचौलिया तथा दलालहरूले बिचौलिया र एजेण्टहरूले ७५ करोड ७७ लाख भन्दा बढीको ठगी गरेको पाइएको हो ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा ठगीमा परेको भन्दै ९२५ उजुरी विभागमा परेका छन् । उनीहरूले ७५ करोड ७७ लाख ४१ हजार २१४ रुपैयाँ बराबरको रकम दाबी गरेका छन् । यसरी ठगी गर्नेमा वैदेशिक रोजगारीमा श्रमिक पठाउने अनुमति नपाएका एजेण्ट तथा दलालहरू बढी देखिएका छन् ।
यसरी ठगिनेमा अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६९५ उजुरी परेको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।