जापानमा हत्याको आरोपमा सभामुखका छोरा पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ १२,शुक्रबार ०९:०६

टोकियो । जापानमा गोली हानाहानको घटनामा संलग्नताको आरोपमा एक जना नगर सभामुखका छोरा पक्राउ परेका छन् । मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

जापनीज सञ्चार माध्यमका समाचार अनुसार, आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनु अघि एक महिलालाई छुरा प्रहार गरेका थिए । सो घटनामा समग्रमा चार जना मारिएका थिए भने पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको खुल्न आएको छ । तर, उनको नाम भने सार्बजनिक गरिएको छैन ।

उनले चार जना माथि किन गोली चलाए र ती आक्रमणकारीको उद्देश्य के थियो ? त्यो भने अझै खुल्न सकेको छैन ।