हेटौंडा–काठमाडौंको भाडा घट्यो

तु खबर संवाददाता
२०८० जेष्ठ १२,शुक्रबार १८:१३

मकवानपुर । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र संचालन हुने सवारी साधनको भाडादर समायोजन गरेको हो ।

यसअघि पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएको थियो । समायोजन गरिएको भाडादर बिहीबारदेखि लागू भएको छ ।

मन्त्रालयले अन्तरपालिका यात्रुबहाक सवारी साधनमा ४.१८ प्रतिशत भाडा घाटाएको छ भने मालबहाक सवारी साधनको हकमा ४.६९ प्रतिशत भाडा घटाएको छ । जसअनुसार हेटौंडा–भीमफेदी–काठमाडौं छोटो दूरीमा चल्ने सवारी साधनको भाडा २७ रुपैयाँ घाटाएर ६२४ रुपैयाँ कायम गरिएको छ । यसअघि हेटौंडा–काठमाडौंको भाडादर ६ सय ५१ रुपैयाँ रहेको थियो ।