भारतको लागि उडेको विमान चरा ठोक्किएको आंशकामा फर्कियो
![](https://www.tukhabar.com/wp-content/uploads/2020/02/nepal-airlince.jpg)
काठमाडौं । काठमाडौंबाट भारतको बैंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आंशकामा पुनः त्रिभुवन विमानस्थल नै फर्किएको छ ।
१५६ जना यात्रु सवार रहेको आरए २२५ विमान समस्या देखिएपछि विमानस्थलबाट उडान भरेको २५ मिनेटमा नै फर्किएको विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
विमानले सकुशल अवतरण गरेको विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार, हाल समस्याबारे जाँच भइरहेको छ ।