बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने
मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने भएको छ । सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज अपराह्न २ बजेपछि बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।
प्रदेश सभाको बिहीबार बसेको बैठकमा सभामुख भुवन कुमार पाठकले सो व्यहोराको पत्र पढेर सुनाउँदै आज २ बजे सम्पूर्ण सदस्यहरुलाई औपचारिक पोशाकसहित उपस्थित हुन आह्वान गरेका थिए ।
बागमती प्रदेश सभामा कांग्रेसका ३८, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना सांसद् रहेका छन् ।