नीति तथा कार्यक्रम : खरको छानामुक्त अभियानलाई निरन्तरता दिने
![](https://www.tukhabar.com/wp-content/uploads/2023/05/niti_karyakram.jpg)
मकवानपुर । बागमती प्रदेश सरकारले खरको छानामुक्त बागमती प्रदेश अभियानलाई निरन्तरता दिने भएको छ ।
आइतबार प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले यस्तो जानकारी गराएका हुन् ।
यस्तै, प्रदेश प्रमुख यादवचन्द्र शर्माले ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार गरी आगामी आर्थिक वर्ष भित्र कक्षा १२ सम्म सञ्चालन गरिने बताए ।
उनले कक्षा १२ सञ्चालन भएका प्रदेशका सबै माध्यमिक विद्यालयमा सो कार्यक्रम विस्तार हुने बताए ।