बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ)

तु खबर संवाददाता
२०८० जेष्ठ १४,आईतवार १८:३९

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार अपराह्न बसेको प्रदेश सभाको बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सार्वजनिक खर्चमा मितव्ययिता, स्रोतसाधन परिचालनमा दक्षता र विनियोजन कुशलता अभिवृद्धि गरी बजेटको परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्दै उत्पादन मुलकमा लगानी अभिवृद्धि गर्ने सरकारको नीति रहेको प्रदेश प्रमुख शर्माले बताए ।

यसैगरी, आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउन स्थानीय तहलाई प्रोत्साहन गरिनुका साथै सामुदायिक, सहकारी, निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुको नियमनलाई प्रभावकारी तुल्याउने सरकारको लक्ष्य रहेको, प्रदेशका विषयगत नीतिहरुलाई स्वास्थ्यमैत्री बनाउन सबै नीतिमा स्वास्थ्य कार्यक्रमलाई थप विस्तार गरी समुदायी स्तरमा पुर्याइने उक्त सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

हेर्नुहोस् बागमती प्रदेशको आगामी आवको नीति तथा कार्यक्रमको पूर्णपाठ : 

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab