संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दै

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दैछ । संघीय संसद् सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्न लागेको हो ।
पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि उपस्थित हुनेछन् ।
अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन ।
गत सोमबार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुङ्ग्याउन दलहरूलाई निर्देशन दिइसकेका छन् ।