रेशम चौधरी विरुद्धको मुद्दामा आज सुनवाइ हुने

तु खबर संवाददाता
२०८० जेष्ठ १७,बुधबार ०८:५०
file-photo

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई आज हुने भएको छ ।

शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको उक्त रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो । शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिएका थिए । राष्ट्रपतिको सो निर्णयसँगै चौधरी सोमबार रिहा भइसकेका छन् ।