फुटबल संघ बागमतीको महासचिवमा मकवानपुरका ठकुरी

तु खबर संवाददाता
२०८० जेष्ठ २७,शनिबार ०८:४९

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को बागमती प्रदेश समितिको महासचिवमा मकवानपुरका लवराज ठकुरी चयन भएका छन् ।

एन्फाको शुक्रबार काभ्रेको धुलिखेलमा भएको प्रथम भेलाले काभ्रेका निरोज श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । जसको महासचिवमा मकवानपुरका ठकुरी चयन भएका हुन् ।

यसैगरी, संघको उपाध्यक्षमा दीपक चित्रकार, बाबुराजा श्रेष्ठ, रोजित मान सिंह बस्नेत र कोषाध्यक्षमा प्रविण श्रेष्ठ चयन भएका छन् ।