हेटौंडा मेयर कप : उपाधिका लागि आज वडा नम्वर ११ र १५ भिड्ने

तु खबर संवाददाता
२०८० जेष्ठ २७,शनिबार ०८:५७
file-photo

मकवानपुर । हेटौंडामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको अन्तिम खेल आज शनिबार हुने भएको छ ।

प्रतियोगिता आज अपराह्न ३ बजेबाट सुरु हुने भएको हो । हेटौंडा–५ स्थित पिप्ले क्यापा रंगशालामा जारी उक्त प्रतियोगिताको उपाधिका लागि हेटौंडा उपहानगरपालिका वडा नं. ११ र १५ बिच प्रतिस्प्रर्धा हुने भएको छ ।

नगर खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख तथा उपविजेताले १ लाख ५० रुपैयाँ ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, सेमिफाइनलबाट आउट हुने दुई टोलीले नगद ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई नगद ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने नगर खेलकुद विकास समितिले जनाएको छ ।

स्थानीय सरकार गठन भएपछि हेटौंडा उपमहानगरपालिकाले आफ्नै लगानीमा आयोजन गरेको यस प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको वडा नम्बर १० ले जितेको थियो ।