हेटौंडाका सबै विद्यालय थप दुई दिन बन्द हुने

तु खबर संवाददाता
२०८० जेष्ठ २७,शनिबार १६:४९

मकवानपुर । अत्यधिक गर्मी बढेसँगै हेटौंडा उपमहानगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा पुनः दुई दिन बन्द हुने भएको छ ।

गर्मी बढेसँगै विद्यार्थीहरूको स्वास्थ्यलाई ख्याल गरी एक साता विद्यालय बन्द गरेको उपमहानगरपालिकाले पुनः दुई दिन यथावत राख्न भनिएको हो ।

उपमहानगरपालिकाको शिक्षा महाशाखाका शाखा अधिकृत रमेश विडारीले एक विज्ञप्ति जारी गर्दै विद्यालय थप २ दिन बन्द गर्ने जानकारी गराएका हुन् । यससँगै हेटौंडाका सबै विद्यालय जेष्ठ २९ गतेसम्म बन्द रहनेछ ।

पालिकाले यसअघि अत्याधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिकाको स्वास्थ्यमा विभिन्न खाले समस्या देखिएपछि वर्षे विदाबाट कट्टी हुनेगरी ६ दिन विद्यालय बन्द गर्न भनिएको थियो । सो समय जेष्ठ २१ गतेदेखि लागू भई हिजो जेष्ठ २६ गते सकिएसँगै उपमहानगरपालिकाले जेष्ठ २८ र २९ गते गरी पुनः २ दिन विद्यालयन बन्द गर्न भनिएको हो ।