साहित्य संगम मकवानपुरद्वारा तीन श्रष्टा सम्मानित
मकवानपुर । साहित्य संगम मकवानपुरले गोपालप्रसाद रिमालको जन्मजयन्तीको अवसरमा तीन जना श्रष्टालाई सम्मान गरेको छ ।
संगमले गोपालप्रसाद रिलाम स्मृति राष्ट्रिय सम्मानबाट साम्व ढकाल, श्यामप्रसाद शर्मा स्मृति सम्मानबाट केदारप्रसाद न्यौपाने र शान्तिदेवी वनस्खण्डी स्मृति सम्मानबाट तुलसी घिमिरेलाई सम्मान गरेको हो ।
ढकाललाई २० हजार रुपैयाँ, न्यौपानेलाई १५ हजार ५ सय ५५ रुपैयाँ र घिमिरेलाई १० हजार रुपियाँ नगदसहित सम्मान गरेको हो ।
कार्यक्रम संगमकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता तथा हास्यव्यंग्यकार नरनाथ लुइटेलको प्रमुख आतिथ्यमा भएको हो ।