डिम्याट खाताको संख्या साढे ५६ लाख पुग्यो

काठमाडौं । धितोपत्र बजारमा सहभागिता जनाउने लगानीकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको छ । सर्वसाधारणले बैशाख मसान्तसम्म ५६ लाख ६५ हजार ४ सय ८६ डिम्याट खाता संचालन गरी कारोबार गरिरहेको धितोपत्र बोर्डले जनाएको छ ।
धितो बोर्डका अनुसार, बजारमा लगानीकर्ताको सहभागिताको अवस्थालाई नियाल्दा २०७७ असार मसान्तमा १७ लाखको हाराहारीमा रहेको डिम्याट खाताको संख्या आर्थिक वर्ष २०७७÷७८ को अन्त्यमा ३७ लाख ३६ हजार ९ सय २६ पुगेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७८÷७९ को अन्त्यमा डिम्याट खाताको संख्या ५२ लाख ६० हजार २ सय ५१ पुगेको थियो ।