सीता माविलाई खेलकुद सामाग्री सहयोग

तु खबर संवाददाता
२०८० जेष्ठ २८,आईतवार १९:०१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २, स्थित रहेको सीता माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री हस्तारन्तरण गरिएको छ ।

स्थानीय समाजसेवी मनहरी–२ की जल्मा स्याङ्तानले आफ्नै व्यक्तिगत खर्चमा आइतबार एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई २८ जोर फुलबल जर्सी, २८ जोर बुट, २८ जोर जुराफ र ३ वटा फुटबल हस्तारन्तरण गरेकी हुन् ।

खेलकुद सामाग्री मनहरी–१ का सन्जय लोप्चन र सौगात स्याङ्तानको पहलमा हस्तारन्तरण गरिएको हो । मनहरी-२, का वडा सदस्य शुक्रराज मुक्तान र विद्यालयका सहायक प्रधानाध्यापक विशाल घलानको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

सो क्रममा बोल्दै विद्यालयको तर्फबाट सहायक प्रधानाध्यापक घलानले विद्यालयलाई खेलकुद सामाग्री उपलब्ध गराएकोमा स्याङ्तानलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा गरिएको बताए ।

यस्तै, खेलकुद क्षेत्रमा आगामी दिनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ विद्यार्थी जीवनकालमा खेलको महत्व रहेको विषयलाई मध्यनजर गर्दै आफुले उक्त खेलकुद सामाग्री हस्तान्तरण गरेको उनले बताइन् ।