बाख्रापालक महासंघद्वारा जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मकवानपुर । नेपाल व्यावसायिक बाख्रापालक महासंघ मकवानपुरले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
सरकारले पशुपंक्षी तथा बाली बीमाको प्रिमियम शुल्क बीमा कम्पनीहरुलाई भुक्तानी नदिएको र बीमा कम्पनीहरुले बीमा गर्न र दावी भुक्तानी दिन बन्द गरेको विरुद्धमा महासंघले विरोध प्रदर्शनसँगै ज्ञापनपत्र बुझाएको हो ।
महासंघ जिल्ला अध्यक्ष विवेक सुवेदीको नेतृत्वमा पुगेको टोलीले जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघ केन्द्रीय अध्यक्ष गोबिन्द सुवेदी र अन्य बाख्रापालक व्यवसायीहरुको उपस्थिति रहेको थियो ।