शिक्षक सेवा आयोगद्वारा २ जना परीक्षार्थीको परीक्षा रद्द

तु खबर संवाददाता
२०८० जेष्ठ ३१,बुधबार १६:११

काठमाडौं । शिक्षक सेवा आयोगले २ जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ । गत २६ चैत्र २०७९ मा प्रकाशित माध्यमिक तह शिक्षक पदको लिखित परीक्षा (सामान्य) को नतिजामा उत्तीर्ण भएका २ जना उम्मेदवारहरूले नतिजा रद्द गरेको हो ।

नतिजा रद्द गरिएकोहरूमध्ये एक परीक्षार्थीले अनुपस्थित उम्मेदवारको रोल नम्बरमा अर्को उम्मेदवारको संकेत गरेको पाइएको आयोगले जनाएको छ ।

त्यस्तै, अर्का उम्मेदवारको हकमा १९ भदौं २०७९ गतेको निर्णय अनुसार शिक्षक सेवा आयोगको नियमावली, २०५७ को नियम ४३ बमोजिम कारबाही गरिएकोले परीक्षा रद्द गरिएको आयोगले जनाएको छ ।