जर्मनीले माग्यो नेपाली कामदार

तु खबर संवाददाता
२०८० जेष्ठ ३१,बुधबार १६:२१
file-photo

काठमाडौं । युरोपका विकसित देश जर्मनीले नेपाली कामदार माग गरेको छ । जर्मनीको विभिन्न क्षेत्रमा कामदारको अभाव रहेको भन्दै नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको हो ।

जर्मनीको प्रस्ताव स्वीकार गर्दै नेपालले त्यसको लागि आवश्यक तयारी अगाडि बढाएको छ । जर्मनीसँग सम्झौता गरेर नेपाली कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो ।

सम्झौताको ड्राफ्ट तयार पारेर निर्णयका लागि मन्त्रिपरिषदमा पेश गरिएको छ । मन्त्रिपरिषदबाट पारित भएसँगै दुवै देशबीच सम्झौता हुनेछ र नेपाली कामदार लैजाने बाटो खुल्नेछ ।