हेटौंडा–९ मा रक्तदान कार्यक्रम
मकवानपुर । नेपाल रेडक्रस सोसाइटी पशुपतिनगर उपशाखा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ ले बुधबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
हरेक वर्ष जुन १४ मा मनाउने विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको नेपाल रेडक्रस सोसाइटी पशुपतिनगरले जनाएको छ ।
जिल्ला शाखा मकवानपुरका सभापति लालबहादुर थापाको प्रमुख आतिथ्यता तथा उपशाखाका सभापति जनक लम्सालको सभाध्यक्षतामा भएको कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा जिल्ला शाखाका उपसभापति खेमराज सापकोटा, यशोदा श्रेष्ठ, मन्त्री सुमित्रा काफ्ले, सदस्य गोकर्ण सुवेदीलगायत उपशाखा समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।