औषधी संघ मकवानपुरको दुई उपसमिति गठन

मकवानपुर । मकवानपुर औषधी व्यवसायी संघले दुई वटा उपसमिति गठन गरेको छ । संघको शुक्रबार बसेको बैठकले खुद्रातर्फ अनिष सुवेदी र बजार अनुगमनतर्फ संघर्ष गुरुङको संयोजकत्वमा उपसमिति गठन गरिएको हो ।
संघका अध्यक्ष नारायणलाल श्रेष्ठका अनुसार, खुद्रा समितिमा सुशान्त लामा, बलराम शाह, आशिष नेपाल, मिलन लामा, सञ्जीव आले मगर र हरिबहादुर लामा सदस्य रहेका छन् ।
यसैगरी, बजार अनुगमन समितिमा नेहा ठाकुर, रन्जित कुमार ठाकुर, सविना विडारी, दिपेश कुमार श्रीवास्तव, भागवत तिमल्सिना सदस्य रहेका छन् ।
यस्तै, डा. टिकाराम राईलाई पूर्वी क्षेत्र फापरबारीको संयोजक, रामु दराईलाई पश्चिम क्षेत्र मनहरीको संयोजक र श्याम थापालाई उत्तरीक्षेत्र पालुङको संयोजकको जिम्मेवारी दिइएको छ ।