राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

तु खबर संवाददाता
२०८० असार २,शनिबार १०:२९
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको फेरी अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल स्वास्थ्य समस्या आएपछि पुनः अस्पतालमा भर्ना भएका हुन् ।

उनको मुटुमा समस्या देखिएपछि शनिबार बिहान २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याएको थियो ।

थप उपचारका लागि बिहान ५ बजे नै शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपतिको स्वास्थ्य अहिले सामान्य छ ।

गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुनः समस्या देखिएको हो ।