पाँचथरमा बाढीले बगाएर ६ जना बेपत्ता, ठूलो भौतिक क्षति
काठमाडौँ । अविरल वर्षापछि आएको बाढीले बगाएर पाँचथरका ६ जना बेपत्ता भएका छन् ।त्यस्तै ठाँउ ठाँउका पुल बगेका छन् ।
हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवासहित सहित ६ जना बेपत्ता भएका हुन् ।
बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझीटारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल भत्काएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुइवटा मोटरएवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ ।
याङवरक गाउँपालिका ३ र २ मा ठूलो परिमाणमा घर बगाएको भएपनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।