हेटौंडामा कानूनी व्यवसायीको आचरण र ड्रेस कोडसम्बन्धी अन्तरक्रिया

तु खबर संवाददाता
२०८० असार ३,आईतवार ०९:२२

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार कानून व्यवसायीको पेसागत आचरण र ड्रेस कोडसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यक्रम नेपाल कानून व्यवसायी परिषद् कुपण्डोल, ललितपुरको आयोजना तथा उच्च अदालत बार एसोसिएसन मकवानपुर र मकवानपुर जिल्ला अदालत बार एसोसिएसनको सह–आयोजनामा भएको हो ।

महान्यायाधीवक्ता एवम् नेपाल कानून व्यवसायी परिषद्का अध्यक्ष डा. दिनमणि पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल कानुन व्यवसायी परिषदका उपाध्यक्ष गोपालकृष्ण घिमिरे, नेपाल कानुन व्यवसायी परिषदका सदस्य डा. चन्द्रकान्त ज्ञवाली, बागमती प्रदेशका मुख्य न्यायाधीवक्ता ज्ञानेन्द्र नेपाल, सहन्यायाधीवक्ता ईश्वरीप्रसाद ढकाललगायतको उपस्थिति रहेको थियो ।