अख्तियारमा २२ हजार उजुरी दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी परेको छ । आयोगमा आर्थिक वर्ष २०७९/०८० को बैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको आयोगका सचिव रामेश्वर दंगालले जानकारी दिए ।
सचिव दंगालले उक्त तथ्याङ्क राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा पेश गरेका हुन् ।
तीमध्ये करिब आधा मात्र अर्थात् १२ हजार ५९२ उजुरीमात्र फर्छ्यौट भएको छ । २३० वटा मुद्दामा पुनरावेदन गर्दा गराएको अख्तियारले जनाएको छ ।
कसुर स्थापित भएको प्रतिशत पनि २०७९/८० मै सबैभन्दा कम छ । यो आर्थिक वर्षमा जम्मा ३०.७ प्रतिशत कसुर स्थापित भएको छ ।