हवाई भाडा घटाउँदै प्राधिकरण
![](https://www.tukhabar.com/wp-content/uploads/2020/09/udhyan-pradhikarn.jpg)
काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै एयरलाइन्स अपरेटरहरू हवाई भाडा घटाउने तयारीमा जुटेका छन् । हिजो राति १२ बजेदेखि लागू हुने गरेर नेपाल आयल निगमले आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटाएको थियो ।
यससँगै, नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स अपरेटर्सहरुले हवाई भाडा घटाउने भएका हुन् । प्राधिकरणका प्रवक्ता जगन्नताथ निरौलाले आज दिउँसो बस्ने बैठकले हवाई भाडा घटाउने जानकारी दिए ।
निगमले आन्तरिकतर्फ १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २६ रुपैयाँले हवाई इन्धनको मूल्य घटाएको थियो । यससँगै, इन्धनको घटबढका आधारमा हुने हवाई भाडा घटबढको सूत्रअनुसार भाडा घट्ने निरौलाको भनाई छ ।