विहीबार सार्वजनिक विदा

तु खबर संवाददाता
२०८० असार १२,मंगलवार १५:५८

काठमाडौं । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माका अनुसार नेपाल राजपत्रमा मिति २०७९–१२–२ गते प्रकाशित सूचनाअनुसार असार १४ गते विहीबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको हो ।