मकवानपुरमा ११ जनाले प्राप्त गरे नयाँ प्रावधान अनुसार नागरिकता

तु खबर संवाददाता
२०८० असार १४,बिहीबार १०:५२

मकवानपुर । मकवानपुरमा नयाँ प्रावधान अनुसार, ११ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, मंगलबार र बुधबार २ दिनमा ४ महिला र ७ पुरुषले वंशजको अधारमा नागरिकता प्राप्त गरेका हुन् । उनीहरुले सर्वोच्च अदालतको आदेशपछि जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका हुन् ।

आइतबारबाट कार्यान्वयनमा आएको उक्त ऐनअनुसार मकवानपुरमा जन्म भएका र बसोबास गर्दै आएका व्यक्तिहरूलाई वंशजको आधारमा नागरिकता प्रदान गरिएका मकवानपुर सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

शर्माले जिल्लाका सम्पूर्ण स्थानीय तहलाई जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजको नागरिकता लिन चाहेमा निवेदन लिई आवश्यक छानबिन र प्रक्रिया पूरा गरी सिफारिस गर्न निर्देशन दिइसकेको बताए ।