तिनाउ नदीले खतराको तह पार गर्याे, सतर्कता अपनाउन आग्रह
काठमाडौं । गएराति देखिको परेको अविरल वर्षापछि तिनाउ नदीले खतराको तह पार गरेको छ । तिनाउ नदीले जलसतह खतरा तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, बाढी बढ्ने क्रममा रहेको छ । बुटवल आसपासमा पनि हाल खतरा रहेको छ ।
तिनाउ नदीको माथिल्लो भागमा वर्षा भइरहेकाले तटीय क्षेत्र र आसपासमा डुबान हुनसक्ने सम्भावना रहेको रहेकोले महाशाखाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।