९५९० कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा संघीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत ९ हजार ५९० कर्मचारीले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।
सतर्कता केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माका अनुसार, निजामती कर्मचारीका ३ हजार ४५३, नेपाल प्रहरीका ११३, शिक्षक १ हजार १५८, राजनीतिक नियुक्ति तथा करारतर्फका १ हजार ९२२ जनाले सम्पती विवरण बुझाएको छैन ।
यसैगरी, प्रदेशतर्फका १ हजार २७ तथा स्थानीय तहका १ हजार ९१७ जनाले सम्पत्ति विवरण नबुझाएको उनले बताए ।
सतर्कता केन्द्रका सूचना अधिकारी तथा उपसचिव शर्माले सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जानकारी गराए ।