स्वास्थ्य मन्त्रालयद्वारा २९५ नर्सिङ जनशक्ति पदस्थापना

तु खबर संवाददाता
२०८० असार १८,सोमबार १८:१८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार २९५ जना नर्सिङ जनशक्ति पदस्थापना गरेको छ । मन्त्रालयले लोक सेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण गरेर आएका २९५ जना नर्सको पदस्थापना गरेको हो ।

पदस्थापना भएकामध्ये मन्त्रालयले २४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको छ भने बाँकी रहेका ५० जनालाई नेपाल सरकार मातहतका संघीय अस्पतालमा खटाएको छ ।

नयाँ नियुक्त भएर वीरमा जान लागेका नर्सिङ जनशक्तिलाई स्वास्थ्य मन्त्रालयमा बोलाएर निर्देशन दिँदै मन्त्री मोहनबहादुर बस्नेतले मानवीय संवेदना जोडिएको क्षेत्र भएकाले नर्सिङ पेसा जागिर मात्र नभएको बताए ।

नर्सिङ जनशक्तिलाई भविष्यमा उपयुक्त अवसर दिने काममा स्वास्थ्य मन्त्रालय पछि नपर्ने मन्त्री बस्नेतले बताए ।