एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षमा पाण्डे
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई दिएको छ ।
अध्यक्ष माधवकुमार नेपाल राजनीतिक भ्रमणका लागि आज श्रीलङ्का प्रस्थान गरेका छन् । सोही कारण उपाध्यक्ष पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको पाण्डेका प्रेस संयोजक विवेक अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार, अध्यक्ष नेपाल श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पुरा भएको सन्दर्भमा आयोजित कार्यक्रम र दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरूको बैठक र कन्फ्रेन्समा सहभागी हुन श्रीलङ्का गएका हुन् ।