हेटौंडा–६ कार्यालयद्वारा बाख्रा वितरण

तु खबर संवाददाता
२०८० असार २०,बुधबार १७:०९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ को कार्यालयले वडावासीहरुलाई बाख्रा वितरण गरेको छ ।

वडा कार्यालयले वडाको चालु आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वडाका ३९ जनालाई बाख्रा वितरण गरिएको वडाका सचिव आमोद प्रसाद मैनालीले जानकारी दिए ।

उनका अनुसार, वडामा रहेका न्यून आय भएका दलित, जनजाती आयआर्जन कार्यक्रम अन्तरगत उनीहरुलाई बाख्रा वितरण गरिएको हो ।