अब सवारी लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न सकिने

तु खबर संवाददाता
२०८० असार २०,बुधबार १९:००

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को राजस्व अनलाइनबाटै तिर्न सकिने भएको छ । परीक्षणका रुपमा गण्डकी प्रदेशबाट सेवाको सुरुवात भएको छ ।

यसलाई केही हप्तापछि नै देशभरकै यातायात व्यवस्था कार्यालयहरुका सेवाग्राहीका लागि विस्तार गरिने भएको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइनबाटै लाइसेन्सको राजस्व तिर्न मिल्ने प्रणालीको शुभारम्भ गरेका हुन् ।

यातायात व्यवस्था कार्यालयहरुमा लाग्ने लामो लाइट हटाउन र घरमै बसेर राजस्व तिर्न मिल्ने अवस्था बनाउन सेवा थालिएको बताए । यातायातबाट विचौलियालाई हटाउन पनि यो सेवाले सहयोग पुग्ने उनको दाबी छ ।

अब लिखित र ट्रायल परीक्षामा पास भएकाहरुले अनलाइनबाटै राजस्व भुक्तानी गर्न सकिनेछ । कनेक्ट आईपीएससहित इसेवा, खल्ती लगायतका वालेटमार्फत लाइसेन्सको राजस्व भुक्तानी गर्न सकिने छ ।