तु खबरका स्तम्भकार साहलाई प्रादेशिक प्रतिभा पुरस्कार

तु खबर संवाददाता
२०८० असार २१,बिहीबार १३:२४

मकवानपुर । चर्चित साहित्यकार एवम् तु खबर डटकमका स्तम्भकार तथा सल्लाहकार सञ्जय साह (मित्र) प्रादेशिक प्रतिभा पुरस्कार २०७९ बाट पुरस्कृत हुने भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले उनलाई भाषा एवम् साहित्यतर्फको सो पुरस्कार प्रदान गर्न लागेको हो ।

२०८० असार २० गते मन्त्रिस्तरको बैठकले साहसहित विभिन्न स्रस्टाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै मन्त्रालयले भाषा एवम् साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार २०७९ साहित्यकार नरेन्द्रराज पौडेललाई प्रदान गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता राजेन्द्र कुमार केसीले जानकारी दिएका छन् ।

मन्त्रालयले भाषा तथा साहित्यतर्फ, संस्कृति विद्यातर्फ, संगित तथा नाट्य विद्यातर्फ र ललितकलातर्फ विभिन्न स्रस्टाहरुलाई राष्ट्रिय तथा प्रादेशिक स्तरको पुरस्कारबाट पुरस्कृत गर्ने भएको हो ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab