स्थानीय तहलाई दिन बाँकी अनुदानको ४० प्रतिशत वित्तीय हस्तान्तरण गर्ने

तु खबर संवाददाता
२०८० असार २१,बिहीबार १८:०७
file-photo

काठमाडौं । सरकारले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकममध्ये ४० प्रतिशत रकम तत्काल दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७९/०८० को स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकममध्ये हाललाई ४० प्रतिशत वित्तीय हस्तान्तरण गर्ने निर्णय हो ।

गत बैशाख २ गतेको मन्त्रीपरिषद्को बैठकले २०७९/०८० मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय सम्मानीकरणको अनुदानको रकम ५० प्रतिशत कटौती गरेको थियो ।

तर, आज बसेको मन्त्रीपरिषद्को बैठकले बाँकी ५० प्रतिशत अर्थात ५ अर्ब ९ करोड रुपैयाँको ४० प्रतिशत रकम स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।