भन्सार सुधारका लागि ६ अर्ब ६० करोड ऋण स्वीकार गर्ने
काठमाडौं । सरकारले एशियाली विकास बैंकले दिने साढे ६ अर्ब बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
अघिल्लो साता एडीबीले नेपालको आन्तरिक तथा बाह्य व्यापार सम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्च गर्ने गरी ५ करोड अमेरिकी डलर (झण्डै ६ अर्ब ६० करोड रुपैयाँ) ऋण स्वीकृत गरेको थियो ।
असार १९ मा बसेको मन्त्रिपरिषद् बैठकले सो ऋण स्वीकार गर्ने निर्णय गरेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बिहीबार सार्वजनिक गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुमा उल्लेख भए अनुसार यो ऋण बजेटरी सहायताका रुपमा स्वीकार गरिएको छ ।